सिडिओ सरुवा तथा पदस्थापन कार्यविधि स्वीकृत

बुधबार, माघ ४, २०७९

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकार (सीडीओ) को सरुवा तथा पदस्थापनका लागि मापदण्ड तयार गरेको छ ।  गृहमन्त्रालयले यसका लागि कार्यविधि तयार पारेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेका छन् ।
प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीका लागि मन्त्रालय, विभाग वा अन्तरगत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ।
द्धितीय श्रेणीको अधिकृतलाई खटाउनु पर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तिमा ५ वर्षको प्रशासनिक क्षेत्रको अनुभव हुनुपर्ने, कानुनमा स्नातक तह उत्तीर्ण वा कम्तिमा ३ महिनाको न्याय तथा कानुन सम्बन्धी तालिम गरेको हुनुपर्नेछ ।
दोस्रो श्रेणीको प्रमुख जिल्ला अधिकारीका लागि द्धितीय श्रेणीको प्रमुख जिल्ला अधिकारी वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा १ वर्ष काम गरेको हुनु पर्ने, कानुनमा स्नातक वा ३ महिना कानुन सम्बन्धी तालिम गरेको हुनुपर्नेछ ।
सरुवा तथा पदस्थापनमा प्रमुख जिल्ला अधिकारीका लागि कसलाई प्राथमिकता दिने भन्ने पनि कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार