सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीको दोस्रो लहर थप घातक रुपमा देखा परेको बताउँदै सोमबार रातिदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको बताएका छन् । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुधबारदेखि मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको जानकारी दिँदै उनले नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको बताएका छन् । भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइएको जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ ।’ स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने पनि उनले सम्बोधनमा उल्लेख गरेका छन् ।