रामकृष्ण चित्रकार बने काँग्रेस बाग्मती प्रदेश संसदीय दलका उपनेता

मंगलबार, माघ ३, २०७९

काठमाडौं । ललितपुर क्षेत्र नं २ ख बाट बाग्मती प्रदेश सभामा निर्वाचित काँग्रेस नेता रामकृष्ण चित्रकार काँग्रेस संसदीय दलको उपनेता बनेका छन् । उनी गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेका निवर्तमान सांसदलाई हराएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । काँग्रेस भित्र बौद्धिक तथा शालिन नेताको छवि बनाएका चित्रकारले संसदीय दलको उपनेताको जिम्मेवारी सहजताका साथ निर्वाह गर्ने अपेक्षा गरिएको छ ।  

kundan1673921399.jpg
यसैगरी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश सभासद कुन्दन राज काफ्ले बग्मती प्रदेश नेपाली काँग्रेसको सचेतकमा चयन भएका छन् । उनी दोलखाबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार