कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

सोमबार, माघ २, २०७९

काठमाडौं ।  कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन्।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गरिएको थियो ।
प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गरेका थिए। उनी समानुपातिकतर्फ सुर्खेतबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
सभामुख पदका उम्मेदवार नेपाली कांग्रेसका खड्ग पोखरेलले १४ मत प्राप्त गरे ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार