सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । वाम बुद्धिजीवि तथा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एसमा प्रवेश गरेका हुन् । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई माओवादी केन्द्रले निर्वाचनमा सघाएको थियो । भुसाललाई नेकपा एसलले सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । सचिवालयसदस्य बनाएपछि उनलाई नेकपा एसले महासचिव बनाउने तयारी गरेको छ । 'यो असाधारण ठाउँ हो' कम्युनिस्ट नेता भुसालले कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले नेकपा एस पार्टी रोजेको बताए । ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ । कम्युनिस्ट आन्दोलन, विगतको नेकपा एमाले, माओवादी, नेपाल कम्युनिस्ट पार्टी निर्माण र भंग भएको अवस्थाको चित्रण र एकीकृत समाजवादीको सकारात्मक विषयको चर्चा नेता भुसालले पत्रकार सम्मेलनको अन्तिमतिर उनले भने, ‘म अब एकीकृत समाजवादीको कार्यालयमा जान्छु र सदस्यता रिन्यु गर्छु ।’