प्रदेश नं १ को सभामुखमा बाबुराम गौतम निर्विरोध

मुख्यमन्त्री नियुक्तिपछि सभामुख चयनमा प्रदेश सभा 
बिहीबार, पुस २८, २०७९

काठमाडौं । प्रदेशमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सकिएपछि प्रदेशसभा सभामुख–उपसभामुखको निर्वाचनतर्फ केन्द्रित भएका छन् । आज प्रदेश १ सभाले सभामुख पाइसकेको छ भने भोलि बागमती प्रदेश सभाले सभामुखको निर्वाचन गर्ने कार्यतालिका छ ।

प्रदेश १ मा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । यता बागमती प्रदेशसभामा पनि तीन जनाको उम्मेदवारी परेको छ । 
प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गराए । सभामुख पदका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो । 
 

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी
बागमती प्रदेशसभाको सभामुख पदका लागि तीनजनाको उम्मेदवारी पेरको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् । नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी र्दा गराएका छन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ रहेका छन् । सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो । बागमती प्रदेशसभाको भोलि बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभामा एक सय १० जना सांसद छन् । 
प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार