आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले मुख्यमन्त्री पाउने

बुधबार, पुस २७, २०७९

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा आज मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउन लागेका हुन् । 
लुम्बिनीमा एमालेले सरकार बनाउँदै छ । एमालेबाट संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् । यस्तै, सुदूरपश्चिममा पनि पहिलो कार्यकाल एमालेले नेतृत्व गर्ने भएको छ । एमालेबाट संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् ।
कर्णालीमा नेकपा माओवादी नेतृत्वमा सरकार गठन हुने भएको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार