एमालेका लीला गिरी लुम्बिनीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै

मंगलबार, पुस २६, २०७९

काठमाडौँ । लुम्बिनी प्रदेशले मङ्गलबार नयाँ मुख्यमन्त्री पाउँदै छ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले सरकारको नेतृत्वमा दाबी पेश गर्न लागेसँगै प्रदेशले मुख्यमन्त्री पाउन लागेको हो । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए । 
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्न लागेका हुन् । केन्द्रमा बनेको सत्ता गठबन्धनको भागबण्डामा लुम्बिनी प्रदेश एमालेको भागमा परेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जनाको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा ४, जसपा ३ र जनमतका ३ गरी ४९ सांसद छन् । कांग्रेसका २७, लोसपाका ३, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १÷१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।
कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार सदस्य निर्वाचित भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार