बागमतीका मुख्यमन्त्री जम्कट्टेलले लिए शपथ

मंगलबार, पुस २६, २०७९

काठमाडौं । एमाले–माओवादीसहितको गठबन्धनबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र जम्कट्टेललाई मुख्यमन्त्रीको शपथ गराएका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा मंगलबार बिहान आयोजित कार्यक्रममा मुख्यमन्त्रीको शपथ गराएका हुन् ।  मुख्यमन्त्री जम्कट्टेलले शपथसँगै पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जनालाई मन्त्री पदमा नियुक्त गरिएको छ । नवनियुक्ति मन्त्रीहरुले पनि मङ्गलबारनै शपथ लिइसकेका छन् । एमालेबाट बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा मन्त्री बनेका हुन् । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने थापाको मन्त्रालय तोकिएको छैन ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार