प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

आइतबार, पुस २४, २०७९

मोरङ । प्रदेश सभामा सरकार गठन हुन थालेका छन् । प्रदेश सभामा सरकार गठनको सुरुवात प्रदेश १ ले सुरु गरेको छ । एमाले माओवादी गठबन्धनबाट मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की  नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए । कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । प्रदेश १ को यसअघिको सभाले प्रदेश नामाकरण गर्न नसक्दा यो सभाको राजनीतिक उपलब्धिलाई छायाँमा पारेको थियो । अघिल्लो कार्यकालमा प्रदेशमा तीन जनाले मुख्यमन्त्रीको जिम्मवारी निर्वाह गरेका थिए । यस पटक आधा आधा कार्यकालको सहमति भएका कारण दूई जना प्रदेश मुख्यमन्त्री बन्ने देखिएको छ । नेकपा एमाले र माओवादीबीच भागबण्डामा आधा आधा कार्यकाल मुख्यमन्त्री चलाउने सहमति भएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार