प्रदेश १ मा एमाले–माओवादी आलोपालो

मुख्यमन्त्रीको पहिलो कार्यकाल एमाले, दोस्रो कार्यकाल माओवादीलाई 
आइतबार, पुस २४, २०७९

काठमाडौँ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवासको मत लिने दिन नजिकिएसँगै प्रदेश सभामा पनि सरकार कसको नेतृत्वमा बन्ने हो भन्ने तस्बिर स्पष्ट हुन थालेको छ । यसै सन्दर्भमा प्रदेश १ मा नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति जुटेको छ । प्रधाानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व लिने गरी सहमति जुटेको हो । दुई शीर्ष नेताबीचको सहमति अनुसार पहिलो मुख्यमन्त्री एमालेले चलाउने छ । त्यसआधारमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुनेछन्। यस्तै, माओवादीले सभामुख लिनेछ। केन्द्रमा जुटेको सहमतिबारे ब्रिफिङ भएपछि अहिले प्रदेशका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिउँसो ४ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी रहेको छ । केहीबेरपछि मुख्यमन्त्रीकोलाई आवश्यक बहुमत लिएर प्रदेश प्रमुखलाई बुझाउने तयारीमा दुई दल लागेका छन् । 
प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ प्रदेशसभा सदस्य छन् । ९६ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ संसद्को समर्थन आवश्यक पर्छ । केन्द्रमा रहेका ७ दलीय गठबन्धनका दलमध्ये एमालेका ४०, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादीका १ गरी ६० सांसद हुन्छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आज बेलुकी ५ बजेसम्म समय दिएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार