सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेससहितको गठबन्धन छाडेर एमालेको साथमा प्रधानमन्त्री भएपछि चिसिएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच केही दिन यता सम्बन्ध सुधारका प्रयासहरू भएका छन् । नेकपा एसका अध्यक्ष माधवलाई प्रधानमन्त्री प्रचण्डले टेलिफोन गर्ने गरेका छन् । नेपाल पनि प्रधानमन्त्रीलाई भेट्नको उनको खुमलटारस्थित निजी निवास पनि गए । भेटमा प्रचण्डसँगको गुनासो पनि राखे माधव नेपालले । बुधबार पनि दुई नेताबीच भेट वार्ता भएको छ । आज दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपालबिच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने समय नजिकिदै गर्दा अध्यक्ष नेपालसँगको भेटलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मतमा सहमति वा असहमति जनाउने भन्ने विषयमा पनि अध्यक्ष नेपालको पार्टीले कुनै निर्णय गरिसकेको छैन । एकीकृत समाजवादी पार्टीभित्र देखिएको असहमतिको कारण सरकारमा जाने वा नजानेमा अलमलमा छ । भेटमा समसामयिक विषयमा कुरा हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।