कीर्तिपुरबाट मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति हटाउन ज्ञापनपत्र 

गुठीसंस्थानको भण्डारमा राख्न सुझाव 
बुधबार, पुस २०, २०७९
Global Ime Bank

ललितपुर ।  रातो मच्छिन्द्रनाथका पुजारीहरुले कीर्तिपुर नगरपालिकामा प्रतिस्थापन गरिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति हटाउन  माग गरेका छन् ।  रातो मच्छिन्द्रनाथको नित्य पूजा गर्ने पुजारीहरुले ललितपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै उक्त कदमको विरोध गरेका हुन् । महानगरमा ज्ञापनपत्र बुझाउनु अघि उनीहरुले  गुठी संस्थान, राष्ट्रपति कार्यालय र पुरातत्व विभागमा ज्ञापनपत्र बुझाएका थिए । 
रातो मछिन्द्रनाथका पुजारीहरु संलग्न रहेको संस्था श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले निर्माण भएको मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसा मूर्ति गुठी संस्थानको भण्डारमा राख्नुपर्ने बताएको छ । 
संघका अध्यक्ष यज्ञरत्न शाक्यले रातो मछिन्द्रनाथको मूर्ति ललितपुरबाहेक अन्यत्र राख्न नहुने बताए । उनले भने ‘मच्छिन्द्रनाथ मूर्ति ललितपुरमाबाहेक अन्य स्थानमा स्थापना हुनै सक्दैन, मच्छिन्द्रनाथको मूर्ति दुईवटा बनाउनै मिल्दैन,याकःमिसाको मूर्ति नै हुँदैन, यो माग सम्बोधन नभएसम्म हामी कीर्तिपुरमा प्रसाद नै लैजाँदैनौं ।’ याकः मिसा अर्थात एक्ली केटीलाई रातो मछिन्द्रनाथको प्रेमिका भन्दै गलत प्रचार गरेको समेत उनीहरुले आरोप लगाएका छन् ।

Sequence 01.01_07_53_22.Still001 (1)1672817141.jpg 
ललितपुर महानगरसँग अनुरोध गर्दै शाक्यले भने ‘करिब १६०० वर्ष अघिदेखि कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा करुणामय, मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्ति स्वरुपा कन्या याकःमिसाको मूर्ति स्थापनाले जनतामा भ्रम सिर्जना भएको छ , धार्मिक आस्थामा नै विचलत आउने संभावना देखिएको छ , नै धार्मिक आस्थामा विचलन आउने भएकोले प्रतिमूर्ति र मूर्ति हटाई साविक अवस्था कायम गर्न सहयोग गरिदिनस् ।’ मूर्ति स्थापना गर्न काठमाडौं महानगरले  कार्यपालिका बैठकबाट निर्णय गरेर १७ लाख रुपैयाँ दिएको थियो । 
संघका सदस्य कपिल बज्राचार्यले कीर्तिपुरमा ती मूर्ति राख्न नहुने बताए । उनले भने, ‘कीर्तिपूरबाट ती मूर्ति हटाउनुपर्छ, गुठीसंस्थानको भण्डारमा लगेर राख्नुपर्छ ।’ 
मच्छिन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेरेपछि निस्केको उपयुक्त साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधिस्वरुप जल पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउने परम्परा छ । उनले भने,‘रातो मछिन्द्रनाथको प्रतिमूर्ति नै त्यहाँ राखेपछि कसरी प्रसाद लिएर जानेरु,यो कामले मछिन्द्रनाथको जात्रा नै प्रभावित हुने देखिन्छ, हामी प्रसाद लिएर जान सक्दैनौं ।’
संघको ज्ञापन पत्र बुझ्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कीर्तिपुरको मूर्ति हटाउन आवश्यक पहल गर्ने आश्वासन दिए । 
महर्जनले औपचारिक रुपमा मूर्ति प्रतिस्थापनको विरोधको जानकारी भर्खरै आएकाले अब समस्या समाधानमा पहल गर्ने बताए ।
रातो मच्छिन्द्रनाथको सन्दर्भ धार्मिक र मार्मिक विषय हो, मच्छिन्द्रनाथको जात्रा महत्वपूर्ण जात्रा हो, यो अहिलेसम्म रोकिएको छैन, कीर्तिपुरमा प्रसाद लैजाने आफैंमा परम्पराको विषय हो’, उनले भने ‘त्यहाँ नै मूर्ति लगेपछि ललितपुरबाट प्रसाद लैजानुको अर्थ नै नहुने भयो, यो विषयमा अब महानगरले तत्काल नै आवश्यक समन्वय गर्छ ।’
पानेजुहरूकाअनुसार यसले अमूर्त सम्पदा र संस्कृतिमाथिको अतिक्रमण हुन पुगेको छ । सदयौंदेखि चल्दै आएको सांस्कृतिक विधिविधान र मान्यतालाई पनि नकार्दै गरिएको यस्तो कामले जात्राको तोकिएका शास्त्रीय र धार्मिक विधिमा पनि असर गरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार