कांग्रेस संसदीय दलको प्रमुख सचेतक बने रमेश लेखक 

मंगलबार, पुस १९, २०७९

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक पदमा मनोनित गरेका हुन् । काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार