बालुवाटार र बालकोटमा बाबुरामको दौडधुप 

मंगलबार, पुस १९, २०७९

काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
११ औं गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्न गोरखा उद्योग वाणिज्य सङ्घको टोलीसँगै बाबुराम बालुवाटार पुगेका हुन् । सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।
प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिएको बताइएको छ। सङ्घले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ ।
प्रधानमन्त्रीलाई सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिएका थिए। प्रचण्ड गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा निर्वाचित भएका थिए।
बाबुरामले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्। ओली निवास बालकोटमा भएको भेटमा सत्ता गठबन्धन र वर्तमान राजनीतिक परिदृश्यबारे पनि छलफल भएको नेकपा समाजवादी पार्टीले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार