रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

मंगलबार, पुस १९, २०७९

काठमाडौं । रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए ।
‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षरसहितको सहमति हुन्छ।’
सांसद साहले धर्मान्तरण र धार्मिक अतिवादसम्बन्धी मुद्दा उठाउने गरेका छन् ।ती विषयमा सहमति भएको उनको भनाइ छ ।
सांसद साहको एमाले प्रवेश कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । साह एमालेमा प्रवेश गरेसँगै एमालेको प्रतिनिधिसभामा  सिट सङ्ख्या ७९ पुगेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार