सोसल मिडिया
Contact Us
युनिकोड
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । दाङको देउखुरीमा माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित सोमबार बिहान बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । दलको नेतामा पोलिटब्युरो सदस्य इन्द्रजित थारु, बसन्त घर्तीलेसमेत दाबी गरे पनि महरा सर्वसम्मत भएका हुन् । माओवादी केन्द्रको स्थायी समितिका सदस्य महरा रोल्पा १ (क) बाट निर्वाचित भएका हुन् । संसदीय दलको उपनेता र सचेतक पछि चयन गर्ने प्रदेश अध्यक्ष बरालले बताए । लुम्बिनी प्रदेश सभामा माओवादीका ९ जना सांसद छन् । प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसपछि तेस्रो ठूलो दल माओवादी केन्द्र हो । नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत हुन्।