राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्न आयोगको सुझाव

सोमबार, पुस १८, २०७९

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको छ । 
राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको राजीनामा स्वीकृत भएका कारण उक्त पद रिक्त छ । 
राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदा पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र निर्वाचन गर्नुर्पे प्रावधान छ । 
रिक्त पदको लागि उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो । प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी उपनिर्वाचनका लागि परामर्श दिएका हुन् । 


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रमुख आयुक्त थपलियाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका विषयमा पनि जानकारी गराएका थिए । आयोगले राष्ट्रपतिको निर्वाचन माघ २८ भित्र गर्न सुझाव दिएको छ ।

वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गते सकिँदै छ । पदावधि सकिनु एक महिना अघि राष्ट्रपति पदको निर्वाचन गराउनु पर्ने संवैधानिक प्रावधान छ । राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गराउनुपर्ने रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार