राहदानी कति दिनमा तयार हुन्छ ? 

जिल्लाबाटै तीन दिनमै राहदानी पाउन कति सम्भव 
सोमबार, पुस १८, २०७९

काठमाडौं । देशभरि अहिले ९४ वटा केन्द्रबाट राहदानी सेवा दिने गरिएको छ । तर सङ्घीय राजधानी काठमाडौंस्थित राहदानी विभागमा सधैँ उस्तै भिड हुने गर्छ । राहदानी लिन निकै सास्ती भोग्नुपरेको सेवाग्राहीले निरन्तर गुनासो गर्दै आएका छन् ।
त्रिपुरेश्वरस्थित विभागबाट राहदानी लिनैका लागि अहिले जाडोयाममा बिहानै ६ बजेदेखि मानिसहरू लाइन बस्छन् । 
गत साता मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌को पहिलो बैठकले राहदानी वितरणलाई सहज पार्ने निर्णय गरेको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि राहदानी वितरणको विषयमा स्थलगत अवलोकन गरी राहदानी वितरणलाई सहज तुल्याउने विषयमा अध्ययन गर्न कार्यदल नै गठन गरी अध्ययन थालेका छन् । 
राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादव राहदानी बनाउनका लागि भिडभाड गरेर लाइन बस्नै नपर्ने जिकिर गर्छन् । 
‘अनलाइन फारम भरेपछि सेवाग्राहीलाई हामी अप्वाइन्टमेन्टको मिति र समय दिन्छौँ,  सोही मिति र समयमा आउने हो भने लाइन बस्नै पर्दैन’, उनले भने । 
हाम्रो कार्यालय १० बजे खुल्छ अनि अप्वाइन्टमेन्टको समय पनि १० बजेदेखि नै हुन्छ। जसको १० बजे अप्वाइन्टमेन्ट हुन्छ उहाँ साढे ९ बजे आउँदा हुन्छ यादवले भने,  ‘बेलुका ४ बजे अप्वाइन्टमेन्ट पाएको व्यक्ति १० बजे आउनै पर्दैन ।’
राहदानी विभागमा अप्वाइन्टमेन्टको माग अत्यधिक छ । सर्भरको पनि एउटा क्षमता हुन्छ उनले भने, ‘अहिले हाम्रो क्षमता कति छ भने प्रतिसेकेन्ड २,५०० जनाले पोर्टल ‘हिट’ गर्न सक्नुहुन्छ। एकैचोटि धेरैले हिट गर्दा समस्या भएको हो । सबैले एकै साथ पोर्टल खोल्न खोजेपछि ‘हाइ ट्राफिक भोलुम एक्सपेरिएन्स’ गरेको छ भन्ने आउँछ।’
आफ्नै जिल्लाबाट १५ देखि २१ दिनमा राहदानी उपलब्ध हुन्छ । पहाडी जिल्लाको हकमा केही तलमाथि हुन सक्छ। त्यहाँ २५ देखि ३० दिनसम्म लाग्ने गरेको छ । ती ठाउँमा राहदानी विभागको तुलनामा आधा दस्तुरमै पाइन्छ ।
नियमित सेवामा तपाईँहरूले आफ्नै जिल्लामा १५ देखि २१ दिनमा पाउन सक्ने भएकोले त्यहाँ नै आवेदन भरिदिनुभयो र कुरिदिनुभयो भने यहाँ पनि चाप कम हुन्छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार