सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा जाने नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पर्सिदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष सुमनका अनुसार चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता र दलहरुसँग वार्ता गर्न समिति गठन एजेण्डा तय भएको छ । बैठकले निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यस समितिलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताए । जसपाले यही पुस १८ र १९ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जसपाले समर्थन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशन गर्नेबारे पनि विचार–विमर्श भएको जसपाले जनाएको छ । निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको तीन सदस्यीय समिति गठन गरेको छ । बैठकले पार्टीका तर्फबाट मधेस प्रदेशसभामा संसदीय दलको नेता चयनका लागि गठित तीन सदस्यीय समितिलाई अनुमोदन गरेको छ । लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् ।