बाग्मती प्रदेशमा माओवादीको दलको नेता शालिकराम

शनिबार, पुस १६, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो । पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको हो । शालिकराम यसअघि पनि दलको नेता थिए । असहमतिकाबीच उनको नाम पारित भएपछि पौडेलले असहमति जनाएका छन्। पौडेलले दलमा मतदानको माग गरेका थिए । उनी यसअघि प्रदेश अध्यक्षमा पनि चुनावबाटै जितेका थिए ।
पौडेलले जमरकटेललाई संसदीय दलको नेता बनाएपछि सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्, ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन। जबसम्म मन जितिँदैन केही पनि जितिँदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ।’

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा राजेन्द्र रावल चयन
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन हुनुभएको छ । 
आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन हुनुभएको छ । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार