नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज बस्दै 

शनिबार, पुस १६, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन आज स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ । केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्य सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धि हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने जस्ता सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादी दलको नेतामा दीर्घ सोडारी चयन

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेशसभामा चार हजार ७६ मतको अन्तरले विजयी भएका सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् । 
धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकेको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार