स्पेन पठाउने भन्दै ठगी, दलाल एउटै नाम थुप्रै 

शुक्रबार, पुस १५, २०७९

काठमाडौं । वैदेशिक रोजगारीका नाममा युवाहरु ठगीने क्रम दिनहुँ बढीरहेको छ । सरकारद्धारा स्वीकृत प्राप्त मेनपावर कम्पनीबाट नभएर वैदेशिक रोजगारका नाममा व्यक्तिगत ठगी पछिल्लो समय निकै बढीरहेको छ ।
अचम्म त के भने विदेशमै बसेर दलालले आफ्नो धन्दाका पन्जा यसरी फिँजाएका छन् कि त्यो जालमा पर्न सोझासिधा युवालाई बेरै लाग्दैन । कसलाई, कस्तो र कसरी प्रलोभनमा पार्न सकिन्छ भन्ने बारेमा दलाल पोख्त छन् ।
यसैबीच, दिल्लीमा बसेर स्याड्जामा फैलाएको मानवस्करीको जालोमा केही युवाहरु परेको खबर प्राप्त भएको छ । पर्वत घर भई दिल्लीमा बसेर मानवतस्करी धन्दामा सक्रिय सन्दिप शर्मा, प्रताप केसी समेत नाम बताउने टिके दर्जी (राहदानी नम्बर ०७३५५९५४) ले स्पेनमा रोजगारी दिलाउने भन्दै थुप्रै युवाबाट रकम असुलेर उनीहरुलाई अलपत्र पारेका छन् ।

dalal ko pp1672388039.jpg
आफूहरुलाई स्पेनको प्रतिष्ठित होटलमा मासिक नेपाली दुई लाखसम्म कमाई हुने गरी काम लगाइदिने भनेर प्रतिव्यक्ति ११ लाखका दरले असुल गर्न भ्याएका टिके दर्जी हाल सम्पर्कविहीन भएपछि युवाहरु आफू ठगीएको गुनासो गर्न प्रहरीको शरणमा पुगेका छन् ।
भिसा प्रोसेसका लागि भन्दै विभिन्न डकुमेन्टसहित जनही ११ लाख असुलेर दिल्लीमा समेत बोलाई त्यहाँ अलपत्र अवस्थामा छाडेर टिके दर्जी सम्पर्कविहीन भएपछि मात्र ती युवाले आफूहरु ठगीएको ठानेर प्रहरीमा उजुरी गर्न आइपुगेका हुन ।
पीडित  उनीहरुले टिके दर्जीले भनेअनुसारै सुमित्रा पंगेनीका नाममा लक्ष्मी बैंकको कपिलवस्तुको हाकिमचोक शाखामा (खाता नम्बर ०७०२३००५३१७) मा रकम जम्मा गर्न लगाएको र केही रकम एसवीआई बैंकमा इन्द्रबहादुर–विष्णुदेवी कार्कीको (खाता नम्बर २४५१५२४१४०२०२५) मा जम्मा गर्न लगाएको गुनासो पीडित आशिष सिंजालीको छ । सिंजालीसँगै प्रहरीमा उजुर गर्न पुगेका देवेन्द्र गाहाले आफूहरुलाई दिल्ली बोलाएर “स्पेनका लागि नहुने भो, तपाईंहरु अहिले फर्कनुस्, अब फ्रान्सका लागि आवेदन प्रोसेस अघि बढाउँछु” भनेर आफूहरुलाई दिल्लीमै अलपत्र पारेको गुनासो गरे ।

paper (1)1672388054.jpg
आफूहरु जस्तै अन्य दर्जनौं व्यक्ति टिके दर्जीबाट ठगीएकाहरु दिल्लीमा भेटिएको आशिष र देवेन्द्रले जानकारी गराए । दिल्ली पुगेपछि मात्र टिके दर्जीले कसैलाई आफ्नो नाम प्रताप केसी र कसैलाई सन्दिप शर्मा बताउने गरेको आफूहरुले चाल पाएको उनीहरुको भनाइ छ । दलालले एउटै नाम बताउँदा सोझासिधा युवाले पत्याई नहाल्ने हुन कि भनेर फरक–फरक समूहसँग फरक–फरक नाम बताउँदै नाम ढाँटेको हुन सक्ने उनीहरुको बुझाइँ छ ।
आफूहरुबाट २२ लाख रकम ठगी भएको भन्दै काठमाडौंस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न पुगेका आशिष र देबेन्द्रले टिके दर्जी उर्फ सन्दिप शर्मा–प्रताप केसीसहित रकम जम्मा गर्दाको खातावाल सुमित्रा पंगेनी, इन्द बहादुर–विष्णुदेवी कार्कीलाई पनि विपक्षी बनाएर उजुरी दिएका छन् । प्रहरीले पनि मानवतस्करी धन्दामा संलग्नहरु उपर कारवाहीका लागि प्रक्रिया अघि बढाइसकेको अवस्था छ ।
यसैबीच, खातावाल सुमित्रा पंगेनीको मोवाइल नम्बर ९८२३६८३११८ मा सम्पर्क गरी टिके दर्जीको बारे सोधपुछ गर्दा उनले अन्कनाउँदै मोवाइल सम्पर्क विच्छेद गरिन् । केहीबेरमा ९८०५७५१३१२ नम्बरको मोवाइलबाट फोन गरी टिके दर्जीका बारे सोधपुछ गर्ने तँपाई को हो ? भन्दै फोन गरे पनि थप केही बताउन भने चाहेनन् । मानवतस्करी धन्दामा पछिल्लो फोन प्रयोगकर्ताको संलग्नता हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार