सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको साझा नीति तथा कार्यक्रमसहित मन्त्रालय भागवण्डको विषयमा शुक्रबार बिहान बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान दुई नेताबीचको भेटवार्तामा सरकारको साझा नीति तथा कार्यक्रमसहित मन्त्रालय भागवण्डको विषयमा छलफल हुने बताएको छ । भेटमा मन्त्रिपरिषद् विस्तार, विभिन्न पदमा भागबन्डा, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।