गृहको ४८ घण्टे अल्टिमेटम भित्र फिर्ता भए २२१ सुरक्षाकर्मी

शुक्रबार, पुस १५, २०७९

काठमाडौं । गृह मन्त्रालयको ४८ घण्टे अल्टिमेटमपछि नियम विपरीत खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै दिएको निर्देशनपछि नियम विपरीत खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् ।
नेपाल प्रहरीबाट नियम विपरित खटिएका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार फिर्ता हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्नेछ ।

त्यस्तै, सशस्त्र प्रहरी बलबाट ११८ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पुरुषोत्तम थापाले जनाए । उनका अनुसार कार्यविधि भन्दा बाहिर रहेर खटिएका सुरक्षाकर्मी अरु भेटिएमा उनीहरु फिर्ता फिर्ता हुनेछन् ।
गृह मन्त्रालयले बुधबार हालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा नियम विपरीत भए फिर्ता गर्न निर्देशन दिनुका साथै सुरक्षा निकायका सबै इकालाई परिपत्र गरेको थियो ।
त्यसैअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरीत खटिएका प्रहरीलाई फिर्ता भएको गृह मन्त्रालयका सहसचिव डा.भिष्मकुमार भुसालले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार