सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन सकिए लगत्तै नेपालमा फेरि अर्काे पार्टी जन्मिउको छ । एमाले परित्याग गरेर स्वतन्त्रबाट प्रतिनिधि सभाको निर्वाचन जितेका सांसद प्रभु साहले नयाँ पार्टी खोलेका हुन् । उनी माओवादी केन्द्रका पूर्व नेता पनि हुन् । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनमत पार्टी घोषणा गरेको हो । स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको प्रभु साह नेतृत्वको पार्टीले जनाएको छ । ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गर्ने पनि आम जनता पार्टीले जनाएको छ। प्रदेश अध्यक्ष, सचिव र ईञ्चार्ज पनि आम जनता पार्टीले तोकेको छ । प्रदेश नम्बर १ मा हरिप्रसाद पोखरेल अध्यक्ष छन् भने रामप्रित राम इञ्चार्ज छन् । मधेश प्रदेशमा श्रीचन मुखिया अध्यक्ष छन् भने उपेन्द्र साह इञ्चार्ज छन् । वागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्रीप्रसाद न्यौपाने इञ्चार्ज तोकिएका छन् । गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र बद्री प्रसाद न्यौपने इञ्चार्ज छन् । परमानन्द बर्मा लुम्बिनीको अध्यक्ष छन् भने रिता देवी इञ्चार्ज छिन् । कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष छन् भने उपेन्द्र साह इञ्चार्ज छन् । केशव राय चौधरी सुदुरपश्चिमको अध्यक्ष छन् भने कुन्दन कुश्वाहा इञ्चार्ज छन् । प्रभु साहको पार्टीले आइटी आर्मीका रुपमा जनवर्गीय संगठन बनाएको छ । जसको अध्यक्ष चन्द्र भुषण साह छन् भने इञ्चार्ज प्रभू साह आफै छन्। आम दलित मोर्चा, आम महिला मोर्चा, आम विद्यार्थी मोर्चा र आम किसान मोर्चा प्रभु साहको पार्टीका जनवर्गीय संगठन हुन् । एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साह गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित भएका थिए । आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताए ।