सोसल मिडिया
Contact Us
युनिकोड
मोरङ । प्रदेश सभाका सदस्यहरुले शपथ लिने क्रम जारी रहेकै बेला दलहरुले पनि संसदीय दलका नेता छनोट गरिरहेका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि दलको नेतामा दावी गर्दै आएका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक बसेका छन् । अर्याल संविधानसभा सदस्य तथा मोरङ–५ प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित संसद हुन् । प्रदेश सभापति थापा समानुपातिक सांसद र कार्की मोरङ ६ प्रदेशसभा २ बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ रहेकी छन् । त्यस्तै थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई रहेका छन् । प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सांसद छन् । नेता चयनका लागि भोलि विहान ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन्। कांग्रेस प्रदेश सभापति समेत रहेका यादवले १८ मत प्राप्त गर्दै संसदीय दलमा निर्वाचित भए । उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र पाएका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन् । आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो ।
मधेस प्रदेशका ज्येष्ठ सदस्य गोविन्दबहादु्र न्यौपानेलाई शपथ महेन्द्रनगर । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई आज शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ । ज्येष्ठ सदस्य न्यौपानेले भोलि (शुक्रबार) बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहणपछि ज्येष्ठ सदस्य न्यौपानेले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।