बागमती प्रदेशसभाको बैठक पुस १८ गतेका लागि आह्वान 

बिहीबार, पुस १४, २०७९

काठमाडौं । बागमती प्रदेशसभाको ११ औँ अधिवेशन यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गरिएको छ । 
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार पुस १८ गते बैठक बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका हुन् । 
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरेका थिए । प्रदेशसभाको बैठक पुस १८ गतेलाई आह्वान गर्नुभएको बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए । 

प्रदेशसभाका सदस्यले लिए शपथ
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । 

ram1672313322.jpg
हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीनजना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका थिए । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए । बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना सदस्य छन् । 

min1672313393.jpg

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार