कर्णाली प्रदेशसभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

बिहीबार, पुस १४, २०७९

भेरीगङ्गा ।  कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रथम अधिवेशन आह्वान गर्न कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष सिफारिस भई आएकाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशसभा वीरेन्द्रनगर सुर्खेतको सभाहलमा बस्ने गरी कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज
मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । नेकपा एकीकृत समाजवादी बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ । 
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्नुहुने र भोलि (शुक्रबार) न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिए। 
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिए। 
 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार