मन्त्रालय भागबण्डसहितका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

बिहीबार, पुस १४, २०७९

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । हिजो साँझ मात्र खुमलटारबाट प्रधानमन्त्री निवास सरेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डले आज सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेका हुन् । बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ ।
प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने छ ।  पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ भने प्रदेशहरुमा सरकार गठनको तयारी भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार