कांग्रेस प्रवक्ता शर्मालाई कोरोना पुष्टि

सोमबार, वैशाख २०, २०७८

काठमाडौं । दोस्रो भेरियन्टसहितको कोरोना भाइरस संक्रमणमा धेरै नेपालीलाई प्रभावित पारेको छ । दिनहुँ पाँच हजारको हाराहारीमा कोराना भाइरसका संक्रमित फेला पर्न थालेका छन् । यस्तैमा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा  पनि कोरोना संक्रमणबाट पीडित भएका छन् ।  ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा कांग्रेस प्रवक्ता शर्मामा कोरोना भाइरस संक्रमण भएको हो । आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् । मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा.अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार