भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ निलम्बित

मंगलबार, पुस १२, २०७९

काठमाडौं । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागेसम्म गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जनाएको हो । गुरुङ बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए । 


तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार