सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा उनले संसद् अधिवेशन आह्वान गरेकी हुन् । संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ । संसद् अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्नेछ । संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।