सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी–सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोका भन्दा विपुरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कार्यविधि पालनामा सहयोग गरिदिन आग्रह गरेको छ ।
सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन विशिष्ट व्यक्तिको सुरक्षा र सम्मानलाई ध्यान दिँदै उक्त कार्यविधि कार्यान्वयनमा रहेको छ । कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्वकर्मचारी÷सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।