सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएर गृह मन्त्रालय पुगेका रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आज राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । पदभार ग्रहण गर्दै उनले आफ्नो कार्यकालमा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षाको व्यवस्था मिलाउने बताएका छन् । त्यस्तै, आफ्नो नागरिकता विवादमा स्वतन्त्ररुपमा अनुसन्धान गर्न सहयोग गर्ने दाबी गरेका छन् उनले । शीतल निवासबाट उनी सोझै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन् । लामिछानेको पार्टीबाट २० जना सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।