सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता गुमाउँदाका पीडा आज निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भवन शीतल निवासमा बुझिने गरी देखाएका छन् । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण समारोहका लागि तयार गरिएको मञ्चमा बस्दा पनि देउवाले चञ्चलेपना देखाइरहेका दिए । प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहालको शपथ मात्रै के सकिएको थियो देउवा राष्ट्रपति भवन शीतलनिवासबाट निस्किए । देउवाले पहिलो कार्यकालमा आफैं प्रधानमन्त्री हुने अडान नछाडेपछि प्रचण्ड कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेर आज शपथ लिएका हुन् । कांग्रेस सभापति एवं निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेर सत्ता छाड्दाको छटपटि प्रष्टै देखिने गरी देखाए । देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो । त्यसैले देउवाले उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन पनि चाहेनन् । निवर्तमान प्रधानमन्त्री देउवा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रमका लागि बनाइएको मञ्चमा सुरुमा नै पुगेका थिए । देउवापछि मञ्चमा पुगे प्रचण्ड । दुवैले हात मिलाएका पनि थिए । देउवाले प्रचण्डलाई बधाई दिए । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भइरहेको स्थानबाट बाहिरिएका थिए ।