सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै बचनमा टिक्न नसकेको बताएका छन् । उनले आज पार्टीको पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका हुन् । उनले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टिकाउन अन्तिमसम्म प्रयास गर्दा पनि सम्भव नभएको बताए । बैठकमा उनले कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेको, तर आफ्नै बचनमा टिक्न नसकेको बताए । कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आइतबार एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएको प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । आइतबार बालुवाटारमा भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘जसरी पनि ५ बजाउने र ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धनतिर जानु पर्यो ।’ ‘काँग्रेसले अल्पमतको सरकार बनाउन खोज्यो’ नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् । सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेको, तर आफ्नै बचनमा टिक्न नसकेको उनले बताए । आइतबार बालुवाटारमा भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘जसरी पनि ५ बजाउने र ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धनतिर जानु पर्यो ।’ राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने, तर सरकारमा सहभागी नहुने उनले जानकारी गराए । अरु दलसँग समग्र पावर शेयरिङबारे छलफल हुन बाँकी रहेको भन्दै प्रचण्डले नयाँ सरकारको यात्रा चुनौतीपूर्ण रहेको बताए ।