सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेका दलहरुको बैठक सुरु भएको छ । संघीय संसद भवन बानेश्वरमा ७ दलीय गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा सहभागी हुन नवनियुक्त प्रधानमन्त्री प्रचण्ड बैठकस्थल पुगेका छन्। उनीसँगै अन्य दलका शीर्ष नेता पछि बैठक स्थलमा पुगेका छन् । हिजो ६ वटा दलको समर्थनमा प्रचण्डले प्रधानमन्त्री पदमा दाबी गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नै प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । अहिले दलहरुलाई मन्त्रालय बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन दलहरु छलफलमा जुटेका हुन्। आज अपराह्न ४ बजे प्रचण्डले प्रधानमन्त्री पदको सपथग्रहण गर्दैछन् । प्रचण्डसँगै अन्य दलका केही नेताहरुले पनि मन्त्रीको सपथ लिनेगरि तयारी भइरहेको छ । सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम अगावै केही मन्त्रीको टुङ्गो लगाउने तयारी छ । सोही तयारीका लागि सरकारमा सहभागी दलको बैठक सुरु भएको हो । नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका साथमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी छन् । सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो । आज बिहान मात्रै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । उता एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए । प्रचण्डसँगै आज क-कसले लिँदैछन् शपथ ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज ४ बजे शपथ लिँदैछन्। प्रचण्डसँगै माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीमा शपथ लिने भएका छन्। सोमवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई परराष्ट्रसहित उपप्रधानको जिम्मेवारी दिने निर्णय गरेको हो।
अरु को को बन्दैछन् मन्त्री ?
प्रचण्डसँगै आज चार जना मन्त्रीले शपथ लिने तयारी गरेको छ। एमालेले पहिलो चरणमा उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने भएको छ । पौडेललाई उपप्रधानसहित गृह वा अर्थमध्ये मन्त्रालय दिने तयारी गरेको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आजै शपथ लिने तयारी रहेको छ । प्रचण्ड गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय लिने भएको छ। यसैगरी माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय, जसपाले एक राज्यसहित ३ मन्त्रालय, राप्रपाले एक राज्यसहित ३ मन्त्रालय र जनमत पार्टीले एक राज्यसहित २ मन्त्रालय लिने गठबन्धनमा मोटामोटी सहमति भएको बताइएको छ । यता नागरिक उन्मुक्ति पार्टीबाट पनि सरकारमा सहभागी हुने नहुनेबारे छलफल चलाइरहेको छ।