प्रधानमन्त्रीको सपथ अघि नै बालुवाटार छाड्दै देउवा 

सोमबार, पुस ११, २०७९

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास आज छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन्।  उनी आजै बालुवाटार छाडेर बुढानीलकण्ठस्थित निजी निवास जाने भएका छन् ।  देउवाले आजै बालुवाटार छाड्ने भएपछि बुढानीलकण्ठस्थित उनको निवासमा सरसफाई र मर्मतको काम भइरहेको बताइएको छ। 
आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज अपराह्न ४ बजे सपथ ग्रहण गर्दैछन् ।  देउवाले त्यसअघि नै बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार