सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । ८ बजेका लागि बोलाइएको बैठक भर्खर सुरु भएको हो । पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो । बैठकले माओवादी केन्द्रबाट को–को मन्त्री हुने भन्ने टुंगो लगाउने छ । नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको बताइएको छ । प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ ग्रहण गर्नेछन्। उनीसँगै सीके राउत र रवि लामिछानेले पनि मन्त्रीको रुपमा शपथ ग्रहण गर्ने बताइएको छ। एमाले, रास्वपा, राप्रपालगयत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। सत्ता साझेदार दलहरुको बैठक पनि आज बिहान ११ बजे बस्दैछ ।