प्रधानमन्त्रीका लागि प्रचण्डको दाबी पेश

आइतबार, पुस १०, २०७९

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतको समर्थन पेश गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।  नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको दाबी पेश गर्न समयसीमा प्रदान गरेकी थिइन् । 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार