प्रधानमन्त्रीमा दावी पेश गर्न पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति निवासमा

आइतबार, पुस १०, २०७९

काठमाडौं । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो । त्यसैगरी जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने खवर आएको ढकालले बताए ।
‘पत्रसहित सम्बन्धित नेताहरु आउने क्रम शुरु भएको छ’ ढकालले भने, ‘पत्र हेरेपछि राष्ट्रपतिज्यूले केही न केही निर्णय गर्नुहुनेछ । सम्भवतः ५ बजेभित्र केही विज्ञप्ति आउला ।’ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण त्यसपछि तय हुने उनले बताए । उनका अनुसार, सम्भवतः आज शपथ ग्रहण हुँदैन ।

प्रचण्डलाई प्रधानमन्त्री बन्न ‘१६६ सांसदको साथ’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेको ७८ सिट, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको चार सिट गरी १६६ सांसदको समर्थन लिएर प्रचण्ड शीतलनिवास गएका हुन् । 
माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरू शीतलनिवास गएको जानकारी दिए 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार