गठबन्धन जोगाउन सकेनौं : रामचन्द्र पौडेल

आइतबार, पुस १०, २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन् । आइतबार सरकार गठन र शक्ति बाँडफाँटको अन्तिम निर्णय गर्न बसेको बैठक निष्कर्शविहीन भएलगत्तै गठबन्धन टुटेको नेता पौडेलले बताए।  
नेता पौडेलले राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा माअ‍ोवादी केन्द्र सहमत हुन नसक्दा गठबन्धन जोगाउन नसकेको बताएका हुन् । ‘सहमतिका लागि अन्तिम प्रयास गर्‍यौं तर गठबन्धन जोगाउन सकेनौं,’ नेता पौडेलले भने । 
शक्ति बाँडफाँटको विषयमा निर्णायक छलफल गर्न आइतबार बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु पुगेको भएपनि सहमति जुट्न नसकेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । 
प्रचण्ड बाहिरिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बालुवाटारबाट बाहिरिसकेका छन् ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसिमा घर्कँदै गर्दा माओवादीले एमालेसँग संवाद सुरु गरिसकेको छ । एमालेका नेताहरुले पटकपटक प्रचण्डसँग भेट गरी प्रधानमन्त्रीको अफर गर्दै आइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार