सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अब बन्ने सरकारमा प्रधानमन्त्री पदमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो । देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका छन्। दुबैजनाले एक अर्कालाई प्रधानमन्त्री बनाउन दाबाब बढाइरहेका बेला बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवारसम्म संविधानको धारा ७६९२० अनुसार सरकार गठनका लागि दाबी गर्न दिएको समयसीमा सकिँदै छ। यसअघि प्रचण्डसँग आजै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धनमा प्रधानमन्त्रीका लागि सहमति हुनुपर्ने भन्दै भेटेका थिए । देउवाका प्रेस प्रमुख गोविन्द परियारले सत्ता गठबन्धनका सबै नेता सहभागी भएको बैठक बालुवाटारमा जारी रहेको बताए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । त्यस्तै दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन् ।
मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस १० गते अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुपर्नेछ । सत्तारुढ गठबन्धनले आफ्नो सरकार निर्माणका लागि प्रयास गरिरहेको छ । तर दलहरुले प्रधानमन्त्रीसँगै राष्ट्रपतिलगायत मुख्य पदहरुको बाँडफाँटमा सहमति जुटाउन खोजेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आएका छन् । देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न काँग्रेस सांसदको माग नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी दिइन् । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।