यसरी भयो चार्ल्स शोभराजको डिपोर्ट (तस्बिरहरु)

शनिबार, पुस ९, २०७९

काठमाडौँ । सर्वाेच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चार्ल्स  शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी शुक्रबार साँझ डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार शुक्रबार उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो । 

212301-01-021671845450.jpg
सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई शुक्रबार केन्द्रीय कारागारबाट रिहा गरिएको थियो । कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी शुक्रबार बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको थियो । 

212245-01-021671845448.jpg
सर्वाेच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) आदेश दिएको थियो । उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो । उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो । 

212235-01-021671845429.jpg

212341-01-021671845466.jpg

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार