विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद, १९ किलो कम्मरमै बाँधेर ल्याएका थिए सुडानी युवकले

शुक्रबार, पुस ८, २०७९

काठमाडौं । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भएको छ । शुक्रवार दिउँसो फ्लाइ दुबईबाट आएका विदेशी नागरिकको साथबाट अवैध रुपमा ल्याएको सुन बरामद भएको हो । सुडानका २७ वर्षीय युवकले कम्मर बाँधेर सुन ल्याएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए ।
‘शंका लागेर चेक गर्दा कम्मरमा १० वटा प्याकेट फेला परेको हो’, प्रवक्ता पाण्डेले भने ।
मोहमहद अहमद नाम गरेका युवक भिजिट भिसामा पहिलो पटक नेपाल आएको देखिएको छ । युवकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयले अनुसन्धान सुरु गरेको छ । धेरै समयपछि विमानस्थलमा यति ठूलो परिमाणमा सुन बरामद भएको हो। यसअघि ३३ किलो सुन विमानस्थलबाट बाहिरिएपछि बरामद भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार