बिहीबार शपथ लिन छुटेका सांसदद्वय महिन्द्र राय यादव र रामकुमार राईले लिए शपथ

शुक्रबार, पुस ८, २०७९

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ गराएका हुन् । यादव र राईले बिहीबारको शपथ छुटाएका थिए । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उनले सपथ लिएका थिएनन् भने माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन् । दुई सांसदले शपथ लिन बाँकी छ । सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिएकी छैनन ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार