आज रिहा हुँदै चार्ल्स शोभराज, अध्यागमनलाई बुझाउने तयारी 

बिहीबार, पुस ७, २०७९

काठमाडौं । सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् । शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनी बिहीबार नै रिहा हुने बताए ।
रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ । अहिले केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षण गरिँदैछ ।
शोभराजलाई आजै अध्यागमन विभागमा बुझाउने तयारी गरिएको केन्द्रीय कारागार सुन्धाराका जेलर ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए । ‘अदालतबाट खासै समस्या देखिएन । थुनामुक्त गर्ने प्रक्रिया गरिरहेका छौँ । आजै अध्यागमन विभागलाई बुझाउने तयारी गरेका छौँ’, उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार