प्रचण्ड माओवादी संसदीय दलको नेता 

बिहीबार, पुस ७, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । 
माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको छ । बैठकले सङ्घीय सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउने निर्णयसमेत गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार