महेन्द्र राय यादवसहित ४ जना सांसदकोे  शपथ बाँकी 

बिहीबार, पुस ७, २०७९

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज दुई सय ७० सांसद्लाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आजको शपथमा महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई अनुपस्थित थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छिन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।
उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नगएका महिन्द्र राय यादवलाई संसद् सचिवालयले भोलि शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने कार्यक्रम तय भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकतर्फबाट ११० जना सांसद सदस्य रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार